आज मिति २०८२/०५/१५ गते, आइतबार, ने.सं.वि. शिक्षाध्यक्ष प्रा. भोजराज जोशीको प्रमुख आतिथ्य र विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाको विशिष्ट आतिथ्यमा कालिका संस्कृत विद्यापीठ, अनुसन्धान व्यवस्थापन समिति (Kalika Sanskrit Vidyapeeth, Research Management Cell)को आयोजनमा विद्यापीठ सभाहलमा कालिका प्रभा अंक ३ को लोकार्पण तथा RMC को साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा RMC को कार्यालय उद्घाटन समेत भएको थियो । अनुसन्धान व्यवस्थापन समितिका संयोजक सहप्रा.डा. रामचन्द्र कण्डेलको सभापतित्वमा भएको सो कार्यक्रममा, कार्यक्रम सञ्चालक RMC का सदस्यसचिव सहप्रा. कपिलदेव भट्टराई एवम् स्वागत मन्तव्य नव्यव्याकरण विभागका विभागाध्यक्ष उपप्रा.डा. गोपीनाथ कण्डेलबाट भएको थियो । विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटा, विद्यपीठ प्राचार्य डा. केशवराज चालिसे, शिक्षकहरूको तर्फबाट प्राध्यापक संघका सभापति सहप्रा.डा. मतिप्रसाद ढकाल, कर्मचारीहरुको तर्फबाट लेखाअधिकृत बेलबहादुर दराई र विद्यार्थीहरुको तर्फबाट स्व.वि.यु. सभापति अनुप भण्डारीबाट शुभकामना मन्तव्य व्यक्त भए ।
सो अवरमा प्रमुख अतिथिलाई मायाको चिनो स्नेहोपहारस्वरुप दिइएको थियो ।



