ज्योतिष परामर्श केन्द्रको उद्घाटन सम्पन्न

आज मिति २०८२/०७/३० गते, आइतबार ने.सं.वि. कुलसचिव प्रा. माधव अधिकारीज्यूको प्रमुख आतिथ्यतामा कालिका संस्कृत विद्यापीठमा ज्योतिष परामर्श केन्द्रको उद्घाटन सम्पन्न भएको छ । कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय श्री ओमप्रसाद सापकोटाज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योतिष परामर्श केन्द्रको दीगो सेवासहित सफलताका लागि विद्यार्थी प्रतिनिधि श्री गणेश भण्डारी, अभिभावक प्रतिनिधि आदरणीय सावित्री टण्डन, कर्मचारी प्रतिनिधि– ने.सं.वि. कर्मचारी संघ, केन्द्रीय सदस्य– लेखा अधिकृत श्री बेलबहादुर दराई, प्राध्यापक संघ, का.सं.वि. सभापति सहप्रा. डा. मतिप्रसाद ढकाल, कालिका संस्कृत विद्यापीठ प्राचार्य डा. केशवराज चालिसे, ने.सं.वि. कुलसचिव माधव अधिकारी र अध्यक्ष ओमप्रसाद सापकोटाले मन्तव्य राख्नुभयो ।

साथै उक्त अवसरमा शास्त्री प्रथम, द्वितीय, तृतीय र चतुर्थ खण्डमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत भयो ।
ज्योतिष परामर्श केन्द्रद्वारा हुने विविध सेवाका बारेमा विद्यापीठमै प्राध्यापनरत सहप्राध्यापक श्री कपिलदेव भट्टराईले गर्नु भयो भने कार्यक्रम सञ्चालन उपप्राध्यापक पीताम्बर सापकोटाले गर्नुभएको थियो । अव उप्रान्त ज्योतिषसम्बन्धी विविध सेवाहरू सबैका लागि विद्यापीठमा उपलब्ध हुनेछन् ।
जयतु कालिका, जयतु संस्कृतम् ।

Scroll to Top