सप्ताहव्यापी पेशागत क्षमता विकास तालिमको उद्घाटन तथा कालिका संस्कृत विद्यापीठको २४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

आज मिति २०८३/०२/१२ गते विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय कार्यालय, बेलझुण्डी, दाङको आयोजनामा ने.सं.वि.अन्तर्गत प्राध्यापनरत शिक्षकहरूको पेशागत क्षमता विकास तालिमको द्वितीय श्रृङ्खला गैँडाकोट–२, होटल रिभर क्राउन, नारायणी नदी किनारमा कालिका संस्कृत विद्यापीठका प्राचार्य डा. केशवराज चालिसेज्यूको अध्यक्षता, ने.सं.वि. उपकुलपति प्रा.डा. सुदनकुमार पौडेलज्यूको प्रमुख आतिथ्य, नेपाल सन्त समाजका अध्यक्ष, हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू तथा पूर्व शिक्षाध्यक्ष प्रा. भोजराज जोशीज्यूको विशिष्ट आतिथ्य, कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष श्री ओमप्रसाद सापकोटाज्यू लगायतका विशिष्ट गण्य, मान्य भद्रभलाद्मी, विद्वान् / विदुषीहरूको समुपस्थितिमा सप्ताहव्यापी कार्यक्रम शुभारम्भ भएको छ ।

आजै कालिका संस्कृत विद्यापीठको २४ औँ वार्षिकोत्सव परेकाले उपकुलपति पौडेलज्यूको प्रमुख आतिथ्य तथा विद्यापीठ परिवारको समुपस्थितिमा विद्यापीठ प्राङ्गणमा दीप प्रज्ज्वलन गरी भव्यतापूर्वक मनाइयो ।

Scroll to Top