Post

ज्योतिष परामर्श केन्द्रको उद्घाटन सम्पन्न

आज मिति २०८२/०७/३० गते, आइतबार ने.सं.वि. कुलसचिव प्रा. माधव अधिकारीज्यूको प्रमुख आतिथ्यतामा कालिका संस्कृत विद्यापीठमा ज्योतिष परामर्श केन्द्रको उद्घाटन सम्पन्न भएको छ । कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय श्री ओमप्रसाद सापकोटाज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योतिष परामर्श केन्द्रको दीगो सेवासहित सफलताका लागि विद्यार्थी प्रतिनिधि श्री गणेश भण्डारी, अभिभावक प्रतिनिधि आदरणीय सावित्री टण्डन, कर्मचारी प्रतिनिधि– […]

Post

शास्त्री प्रथम वर्षमा भर्ना खुलेको सम्बन्धी सूचना ।

शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने ने.सं.वि. अन्तर्गतको यस कालिका संस्कृत विद्यापीठमा शास्त्री संस्कृत संकायतर्फ अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्ड, संस्कृत संकायतर्फको कक्षा १२ वा सो सरह उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूका लागि शास्त्री प्रथम वर्षमा भर्ना खुलेको व्यहोरा सूचित गरिन्छ ।

Post

कालिका प्रभा अंक ३ लोकार्पण सम्पन्न

आज मिति २०८२/०५/१५ गते, आइतबार, ने.सं.वि. शिक्षाध्यक्ष प्रा. भोजराज जोशीको प्रमुख आतिथ्य र विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाको विशिष्ट आतिथ्यमा कालिका संस्कृत विद्यापीठ, अनुसन्धान व्यवस्थापन समिति (Kalika Sanskrit Vidyapeeth, Research Management Cell)को आयोजनमा विद्यापीठ सभाहलमा कालिका प्रभा अंक ३ को लोकार्पण तथा RMC को साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा RMC

Post

मिति २०८१/१२/२७ गते ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा भयो । उक्त अवसरमा विद्यापीठमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच नेपाल संस्कृत विश्वविद्यालयका अल्पकालीन तथा दीर्घकालीन समस्या, चुनौति तथा अवसरका विषयमा घनिभूत छलफल भयो । कालिका संस्कृत विद्यापीठका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव वर्ष २०८२ आरम्भको सुअवसरमा शुभकामना आदानप्रदानसमेत भएको थियो । विद्यापीठ प्रशासन छलफलमा उठेका सबै विषयमा अवसर खोजिरहेको छ ।

Post

मिति २०८१ चैत्र १ गते फागुपूर्णीमाका अवसरमा ने.सं.वि. उपकुलपति प्रा.डा. धनेश्वर नेपाल विद्यापीठमा आकस्मिक आगमन ।

विद्यापीठका नवनियुक्त प्राचार्य डा. केशवराज चालिसेज्यूलाई बधाई दिँदै ने.सं.वि. उपकुलपति प्रा.डा. धनेश्वर नेपाल ।

Scroll to Top